देवदहमा भरुवा बन्दुक सहित ४ जना पक्राउ : १२९ राउण्ड गाेली सहित

१८ बैशाख २०७९, आईतवार १३:४४ १८ बैशाख २०७९, आईतवार १३:४४ १८ बैशाख २०७९, आईतवार १३:४४

बुटवल : रुपन्देही जिल्लाको देवदह नगरपालिकाबाट ४ जनालाई प्रहरीले ७ नाल भरुवा बन्दुक सहित पक्राउ गरेको छ । रुपन्देही इलाका प्रहरीले देवदहको भलुही बाट ४ जनालाई पक्राउ गरेको हो । भलुहीमा रहेकाे उजेली पाल्पाली सामुदायीक बन भित्र बन्दुक सहित शिकार खेल्न हिँडेको सुचनाका आधारमा देवदह ६ सताकखोलाका गणेश लामा, कृष्णबहादुर कामु, सुनबहादुर आले र चेतबहादुर दर्लामी मगरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ । पक्राउ परेकाहरुबाट ७ नाल भरुवा बन्दुक, १२९ राउण्ड छर्रा गोली, ३२७ ग्राम बारुद, ७५ थान केप र २ थान फलामको चक्कु बरामद भएको प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताएछन् । पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको समेत डीएसपी पौडेलले बताए । पक्राउ परेकाहरु सबै स्थानीय भएकाे खुलाशा भएकाे छ । पशुपन्क्षीकाे सिकार गर्नु गैरकानुनी कार्य भएकाेले यस्ता कार्य राेक्न आवश्यक रहन्छ ।

Leave a Reply

Your email address will not be published.