भरतपुरका स्वतन्त्र उमेदवारले पाए चुनाव चिन्ह सानाे रुख ‘भुईकटर’

१८ बैशाख २०७९, आईतवार ०२:२८ १८ बैशाख २०७९, आईतवार ०२:२८ १८ बैशाख २०७९, आईतवार ०२:२८

भरतपुर : नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइकटहर’ पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको हो ।

कांग्रेसले मेयरका उमेदवार पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई साधारण सदस्यबाट निस्कासन गरिसकेको छ । भरतपुरको मेयरका लागि ३० जनाले उमेदवारी दिएकामा शुक्रबार तीन जनाले उमेदवारी फिर्ता लिएका छन् ।

मेयरका स्वतन्त्र उमेदवार सुमन अधिकारीले मुडा, हरिशरण श्रेष्ठले आँप, हरिश्चन्द्र घिमिरेले जेब्रा, मिलन अधिकारीले हाँस, मोहित पाण्डेले पुतली, यामकान्त शर्मा कँडेलले लौरो, योगलाल श्रेष्ठले खानेपानीको धारा, रमेश भण्डारीले कैँची, रामकृष्ण ओझाले गुलाबको फुल, उद्धव अर्यालले व्याडमिन्टन र कुलराज कँडेलले खरायो चुनाव चिह्न पाएका छन् ।

आयोगगले स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा स्वतन्त्र निर्वाचन चिह्नहरूको सूची राखेको छ । तर, स्वतन्त्र उम्मेदवारलाई भने निर्वाचन चिह्न छान्ने सुविधा भने नभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.