देवदह ०१ मा एमाले, काङ्ग्रेस तथा माओवादी केन्द्रकाे एकसाथ घरदैलो कार्यक्रम सुरु

१७ बैशाख २०७९, शनिबार ०३:४७ १७ बैशाख २०७९, शनिबार ०३:४७ १७ बैशाख २०७९, शनिबार ०३:४७

देवदह : २०७९ सालकाे स्थानिय निर्वाचनका लागि अब १३ दिन मात्र बाकी रहेकाे छ । निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टी तथा स्वतन्त्रबाट उठेका उमेदवारहरुकाे चहलपहल बढी नै देखिन लागेकाे छ ।

स्वतन्त्रका बागि उमेदवारहरुकाे नामावली फिर्ता लिग्ने समय बैशाख १६ गते साझ ५ बजेसम्मकाे रहेकाे थियाे । देवदह ०१ बाट बागि उठेका विष्णु पाैडेल, चाद अलि फकिर साथै हरि कुमार तामाङ्ग रहेका थिए । विभिन्न दलका नेताहरुकाे दबाब आएता पनि तिनै जनाले स्वतन्त्रबाट हात निकालेका भने छैन । आज स्वतन्त्रलाई चुनावी चिन्ह दिने कार्यक्रम रहेकाे छ ।

चुनाव नजिकिदै गर्दा नेकपा एमाले देवदह ०१ काे चुनावी प्रचारप्रसार भने ठुलाे भिडमा देखिएकाे छ भने काङ्ग्रेस तथा माओवादी केन्द्रकाे भने खुल्ला रुपमा देखिएकाे छैन । तथापी काङ्ग्रेस तथा माओवादी केन्द्र पनि आज देखि घरदैलो कार्यक्रम सुरु भएकाे छ ।

देवदह ०१ मा कुन पार्टि अथवा स्वतन्त्रबाट उठेका कुन व्यक्तिले निर्वाचनमा बाजि मार्लान् सजिलै अनुमान गर्न भने गाह्रो रहेकाे छ ।

Leave a Reply

Your email address will not be published.