एक अध्यक्ष पदका लागि आठ जनाकाे उमेदवार देवदह नगरपालिकाे वर्डा ०१ मा

१४ बैशाख २०७९, बुधबार ११:५७ १४ बैशाख २०७९, बुधबार ११:५७ १४ बैशाख २०७९, बुधबार ११:५७

देवदह : २०७९ सालकाे स्थानीय निर्वाचन नजिकीदै गर्दा देवदह ०१ मा राजनितिक तरङ्ग बढी रहेकाे छ । कतै टिकट पाउन पैसाकाे चलखेल गरियाे त कतै पहुच तथा नातेदारकाे आधारमा टिकट हत्ताउने काम भयाे । त्यसैगरी पार्टीकाे निर्णयलाई अस्वीकार गरि स्वतन्त्रमा उठ्नेकाे नि जमर्काे बढी देखियाे ।

देवदह वार्ड नंम्बर ०१ मा अध्यक्ष पदमा उमेदवारी दर्ता गरेका आठ जना देखिएका छन् । जसमा विभिन्न पार्टीबाट ५ जना रहेका छन् भने स्वतन्त्रबाट ३ जना रहेका छन् ।

नेकपा एमालेबाट २०७९ सालकाे विर्वाचनमा देवदह नगरपालिका वार्ड नं. ०१ बाट उमेदवारमा रमेश शर्मा भुषाल रहेका छन् भने उनका विपक्षमा उनकै पार्टीबाट देवदह ०१ का युवा इन्चार्ज हरी कुमार तामाङ्गले स्वतन्त्र उमेदवार देएका छन् । त्यसैगरी नेपाली काङ्ग्रेसबाट दिपक नेपालले टिकट पाएका छन् भने विपरीतमा साेही पार्टीबाट चान्द अलि फकिर तथा विष्णु पाैडेलले स्वतन्त्र उमेदवार दर्ता गरेका छन् । त्यसै गरि राप्रपा, माओवादी, जनमुक्तिबाट क्रमश: मधु केवट, मुरली पाण्डे र मन बहादुर राना मगरले टिकट पाएका छन् ।

देवदह नगरपालिका वार्ड नंम्बर ०१ मा कुन पार्टी अथवा कुन व्यक्तिले विजय हासिल गर्ला भन्ने अनुमान गर्न सहज भने छैन ।

Leave a Reply

Your email address will not be published.