देवदह : पार्टिकाे टिकट वितरण कार्यमा ठुलाे घाेतला भएकाे र पैसामा असक्षम व्यक्तिलाई टिकट वितरण गरेकाे आराेप देवदह ०१ का सम्पूर्ण नेकपा एमालेका युवाहरुले आक्राेश व्यक्त गरेका छन् ।
शाखा कमिटीकाे सल्ला विना तथा स्थानीय कार्यकर्ताकाे आवश्यकता र चाहना विपरित माथिल्लो निकायबाट नै चलखेल गरि टिकट दिइएकाे युवाकाे बुझाईमा रहेकाे छ ।
टिकटमा चलखेल भए लगतै युवा समुहद्धारा व्यक्ति हराउ भन्ने अभियानले पूर्व देवदह ०१ का वार्ड अध्यक्ष तथा वर्तमान नेकपा एमालेकाे तर्फबाट देवदह ०१ का अध्यक्षका उमेदवार रमेश शर्मा भुषालका विरुद्ध नेकपा एमाले देवदह ०१ का युवा इन्चार्ज हरिकुमार तामाङ्गलाई स्वतन्त्रबाट अध्यक्षकाे उमेदवार बनाएका छन् ।
उमेदवारका दाबी गरेका भुषालले २०७४ सालकाे निर्वाचनमा आफुले जनताकाे साथ भन्दा पनि भगवानकाे साथले जित्न सफल भएकाे साथै आउदाे चुनावमा युवा तथा वृद्ध लगाएत शाखा कमिटीकाे समेत साथ नचाहिने बताएका छन् ।
माथिल्लाे बाेलीलाई लिएर युवा जमातले एमाले वर्डा नंम्बर १ काे प्रचारप्रसार कार्यलय समेत हटाई स्व स्थानमा स्वतन्त्रकाे प्रचारप्रसार कार्यलय स्थापना गरेका छन् ।
युवाकाे पछिल्लाे विज्ञप्ती अनुसार टिकट वितरण गर्ने २०७४ सालमा जिताएर पठाएका सांसद छविलाल विश्वकर्मा आएर भुषालकाे नाम हटाइ अन्य ३ आकांक्षी राम बा. पराजुली, बाेधराज गाैडेल तथा हरिकुमार तामाङ्गलाई उमेदवार बनाएमा स्वतन्त्र उमेदवार फिर्ता लिग्ने अन्यथा सीप नलाग्ने बताएका छन् । साथै छविलाललाई धक्का दिनका लागि मेयर तथा उपमेयर समेत हराउने आक्राेश व्यक्त गरेका छन् ।