काङ्ग्रेस कार्यकर्ताद्वारा सभापति शेर बहादुर देउवाकाे पुत्ला दहन

८ बैशाख २०७९, बिहीबार ००:१७ ८ बैशाख २०७९, बिहीबार ००:१७ ८ बैशाख २०७९, बिहीबार ००:१७

बुटवल : सत्तारुढ गठबन्धनको केन्द्रीय बैठकबाट पालिकाहरुकाे भागबन्डा गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टीलाई दिने निर्णय गरेकाे छ । याे निर्णय पश्चात् जनकपुरधामका नेपाली कांग्रेसका कार्यकर्ताहरुले स्थानीय तहको निर्वाचनमा केन्द्रीय हस्तक्षेपको विरुद्धमा वर्तमान प्रधानमन्त्री तथा आफ्नै केन्द्रीय सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेको छन् ।

आसन्न स्थानीयतह निर्वाचनका लागि सत्तारुढ दलहरुबीच जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्व जनता समाजवादी पार्टी नेपाललाई दिने निर्णय गरेसँगै जनकपुरधाममा कांग्रेसका नेता कार्यकर्ताहरु आक्रोशित भएका देखिन्छ । गठबन्धनले पार्टी कार्यकर्ताहरुको भावनासँग ठुलाे तथा नसुहाउदाे खेलवाड गरेको भन्दै उनीहरुले टायर बालेर सभापति शेरबहादुर देउवा र गठबन्धन विरुद्ध नाराबाजी गरेका छन् ।

उनीहरुले नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा मुर्दावाद, मधेशको दलालसंग गठबन्धन गर्न पाइँदैन लगायतका नारा समेत लगाएका थिए। कांग्रेस जनकपुरधामका नगर कोषाध्यक्ष वीरेन्द्र यादवले संचारकर्मीसँग कुरा गर्दै यसाे भनेका थिए । “जनकपुरधाममा नेपाली कांग्रेस एक्लै चुनाव लड्न सक्ने अवस्थामा रहेपनि यो पालिका अन्य दललाई दिनु निन्दनीय रहेको छ” । साथै गठवन्धन भित्रकाे पार्टी जसपालाई समेत विकास विराेधी तथा मधेशी दलालकाे नाम दिदै जसपाकाे विरुद्धमा विराेध तथा प्रदर्शन गरेका थिए ।

२०७९ सालकाे निर्वाचनका लागि गठवन्धनकाे भागबन्डा

Leave a Reply

Your email address will not be published.