नेपाल : आज पुस २३ गते थप नयाँ ९६८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
नेपालमा थप २४ जनामा काेराेना भाइरसकाे नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमण भएको पुष्टि भएको छ।
पुस महिनामा सङ्क्रमणमध्ये सङ्कलित १,१४६ नमुनामध्ये २४ वटाको जीन सिक्वेन्सीङ सर्दा सबैमा ओमिक्रोन भेरिअन्ट पुष्टि भएको मन्त्रालयले जनाएको हो।
शुक्रवार कोभिडका कारण थप मृत्यु पुष्टि भएको छैन। गत २४ घण्टामा २६२ जना सङ्क्रमणमुक्त भएका थिए।
काठमाडौंमा १,४५४ जना, ललितपुरमा ६६४ जना र भक्तपुरमा ५६२ जना काेराेना संक्रमित रहेका छन्। त्यसैगरी सुनसरी, कास्की, बाँके र कैलालीमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

सक्रिय सङ्क्रमितमध्ये ४५५ जना अस्पतालमा उपचाररत छन्। कुल ८१ जना आईसीयूमा र १५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्याङ्क छ।
पुस २३ गतेकाे विवरण :
कुल परिक्षण : १४,९७१ (पीसीआर र एन्टीजन)
कुल संक्रमण : ९६८
कुल निकाे हुनेकाे संख्या : २६२
मृत्यु हुनेकाे संख्या : ०
हालसम्म कुल संक्रमण : ५,७४१