सरोेगेसीको मद्दतले आमा बनिन् नायिका प्रियंका चाेपडा

९ माघ २०७८, आईतवार ०६:५९ ९ माघ २०७८, आईतवार ०६:५९ ९ माघ २०७८, आईतवार ०६:५९

बलिउड तथा हलिउड चलचित्रकी चर्चित नायिका प्रियंका चाेपडा आमा बनेकी छिन् । उनी सरोेगेसीको मद्दतले आमा बनेकी हुन् । सामाजिक संजालकाे मार्फतबाट जानकारी दिदै नायिका प्रियंकाले आफूहरुको गोेपनियताकोे ख्याल राखिदिन सबै सञ्जाल तथा फ्यानहरुलाई अनुराेध गरेकी छन् ।

उनले लेखेकी छिन्–‘हामीले सरोगेसीकोे माध्यमबाट एक बच्चालाई हाम्रोे जीवनमा स्वागत गरेका छौैं । हामी हाम्रोे परिवारका लागि सबैसँग योे आग्रह गर्न चाहन्छौैं कि यो समयमा हाम्रो गोेपनियताको ध्यानमा राखिदिनुहोला ।’

नायिका चोपडाले सन् २०१८ मा निक जोनससँग बिहे गरेकी हुन् । केही समय प्रेम सम्बन्धमा रहेपछि चोपडाले गायक जोनससँग उदयपुरमा धुमधामसँग हिन्दु परम्परा अनुसार बिहे गरेकी हुन् ।

तर, केही समय अगाडि प्रियंका र निकको डिभोर्सको चर्चा समेत विभिन्न सामाजिक सञ्जालमा आएकाे थियाे । प्रियंकाले सामाजिक संजालबाट आफ्नोे नामकोे पछाडि जोडिएको जोनस थर हटाएपछि यस्तोे चर्चा चलेकोे थियो ।

Leave a Reply

Your email address will not be published.