संसद अबरुद्ध गरे एमालेकाे भण्डाफाेर गर्नुपर्छ : गगन थापा

२३ पुष २०७८, शुक्रबार १५:१५ २३ पुष २०७८, शुक्रबार १५:१५ २३ पुष २०७८, शुक्रबार १५:१५

राजनिति : नेपाली राजनितिका जल्दाेबल्दाे युवा नेता तथा नेपाली कांग्रेसका निर्वाचित महामन्त्री गगन थापाले ‘अर्को मंसीरसम्म चुनाव गर्नुछ, हामीले एक वर्ष संसद राम्राेसँग चलाउनुछ, एक वर्षसम्म यत्तिकै अबरुद्धमा नै राखियो भने एक वर्ष पछाडि हाम्राे प्रतिपक्ष नेकपा एमालेले नै हामीले भनेको होइन संसद चल्दैन भनेर चल्यो त ? भनेर उसैले भन्छ, के हामी त्यसका लागि कुरेर बस्ने ?’ उनले भने हामीले संसद खोल्न एमालेसँग वार्ता गर्नुपर्छ तर यदि ऊ सहमतिमा नआए भण्डाफोर गर्नुपर्ने हुन्छ ।

शुक्रबार पुस २३ गते गोरखामा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले संसदलाई बन्धक बनाएर एमाले अध्यक्ष केपी शर्मा ओली गाउँ गाउँ डुलेको भन्दै अब धेरै समय संसदलाई उहाँकाे लागि बन्धक राख्न नसकिने बताए ।

हामी सरकार चलाउने पार्टी हौं झुक्नुपर्छ भने झुक्छौं, विनम्र हुनुपर्ने भए हुन्छौं, हामीले केही कुरा मिलाउन सक्ने भए मिलाउँछौं, तर हात्ती किन्देऊ भने हात्ती किनिदिने, झोला किनिदेऊ भने झोला किनिदिने, तर हात्ती झोलामा हालिदेऊ भन्दा सकिंदैन । त्यो बेला जनताको बीचमा जानुपर्छ र भन्नुपर्छ’ थापाले अघि भने, ‘अब कि छलफल संवाद हुन्छ, केही निष्कर्ष निस्कन्छ, होइन भने भण्डाफोर हुन्छ ।’

महामन्त्री थापाले संसदीय व्यवस्था अफापसिद्ध हो भन्ने पुष्टि गर्न योजनावद्ध ढंगले संसद अवरोध गरिएको आरोप लगाए ।एमालेले एक वर्षसम्म संसद अवरोध गर्ने र संसदले काम गर्न सकेन भनेर चुनावी एजेण्डा बनाउन खोजेको उनले आराेप समेत लगाएका छन् ।

Leave a Reply

Your email address will not be published.